माघ, काठमाण्डौ । तत्काल पार्टी नफुटाई सँगै बस्ने अनि शान्ति र
संबिधानका पक्षमा केही समय जोड लगाउने बिषयमा वैद्य सहमत भएपनि सो पक्षका
नेता नेत्रबिक्रम चन्द बिप्लव सहमत नभएपछि उनलाई फकाउने धाउन्नमा लागेका
छन माओवादी अध्यक्ष प्रचण्ड ।
यसका लागि मंगलवार साँझ वैद्य निवास गोंगबुमा अध्यक्ष प्रचण्ड र सचिव पोष्टबहादुर बोगटी पुगेका थिए । जहाँ वैद्य र विप्लवलाई सँगै राखेर प्रचण्डले वस्तुतस्थीति बुझ्न र केही समय संबिधानका लागि जोड लगाउन बिप्लवलाई आग्रह गरेको स्रोतको भनाई छ । साँझ ६ बजेदेखि करिव ४ घण्टा भएको छलफलमा विप्लवले पार्टीका एजेण्डा समेटिनेगरि संबिधान बन्ने ग्यारेन्टी हुनुपर्ने सर्त राखेको स्रोतको दावी छ ।
यसअघि बिप्लवलाई एक्लै भेटेर समेत प्रचण्डले पार्टीभित्रको समस्या समाधानका लागि आफु र बिप्लवले मात्र सक्ने भन्दै आफुलाई सहयोग गर्न आग्रह गरेका थिए ।

No comments:
Post a Comment