Friday, January 27, 2012

‘लोडसेडिङ १४ घण्टामात्रै’

काठमाडौं, माघ १३ - ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष दिनको १४ घण्टाभन्दा लोडसेडिङ नबढ्ने दाबी गरेका छन् ।

राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा मन्त्री बोगटीले आइतरबाट मध्य मर्स्यादी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने गरी तयारी गरेको जानकारी दिए । उनले हेटौंडा र दुहवीको थर्मल प्लान्ट सन्चालन गरेर ३० देखि ३५ मेघावाट, भैरहवा र गण्डक प्रशारण लाइनमा भारतबाट ३० मेघावाट र कुलेखानीलाई क्षमता अनुसार चलाएर मध्य मर्स्यादी बन्द हुँदा हुने कमीलाई पुरा गर्ने तयारी गरिएको बताए ।

उनले लोडसेडिङको दर घटाउन आफूले १० बुँदे कार्ययोजना तयार पारिरहेको जानकारी दिदै आगामी मन्त्रिपरिषदको बैठकबाट कार्ययोजना पारित गरेर कार्यान्वयनमा लैजाने घोषणा गरे । जसमा उत्पादकलाई सहुलियत दिने, ट्रान्समिसनलाईन निर्माण, चोरी र प्राविधिक चुहावट नियन्त्रण, स्टोरेज प्रोजेक्ट निर्माण लगायतका रहेका छन् । मन्त्री बोगटीले कार्ययोजना आगामि दिनमा ८ घण्टामा मात्रै लोडसेडिङ सिमित गर्ने गरी ल्याउन लागिएको जानकारी दिए।

लोडसेडिङ अन्त्य गर्न डिजेल प्लान्ट ल्याउने योजना आफूले बनाए पनि कतैबाट सकारात्मक प्रतिक्रिया नआएकोले सो योजना छाडेको उनले खुलासा गरे । मन्त्री बोगटीले जलविद्युतको उत्पादनमा अहिलेनै जोड नदिए आगामी वर्ष २१ घण्टासम्म लोडसेडिङ खेप्नु पर्ने दाबी गर्दै सरकारले निर्माणाधिन रहेका करिब १३० मेघावाट विद्युत उत्पादन कार्यलाई सुविधा दिएर द्रुत रुपमा अगाडि बढाउने रणनीति अगाड बढाएको बताए । उनले भने, ‘बढीमा २०७१ सालसम्म १३० मेघावाट विद्युत ल्याउने गरी काम भइरहेको छ ।’

Tuesday, January 17, 2012

खेल समाचार


सर्वसाधारणले प्रतिलिटर डिजेलमा ३२ रुपैयाँ, पेट्रोलमा १३ रुपैयाँ र प्रतिसिलिन्डर ग्यासमा २१९ रुपैयाँभन्दा बढी राजस्व तिरिरहेका छन् । त्यति हुँदाहुँदै पेट्रोलियमजस्तो अत्यावश्यकीय पदार्थका लागि उनीहरू काम छाडेर लाइन बसिरहेका छन् । भारतीय आयल निगम -आईओसी) बाट पेट्रोलियम पदार्थ आयात नभएरै यो समस्या देखिएको होइन । पुस महिनामा निगमले करिब ६० हजार किलोलिटर डिजेल चाहिने अनुमान गरेको थियो र करिब ५४ हजार ५ सय किलोलिटर डिजेल आयात भएको थियो ।

संकटका बेला व्यवसायीले नाफाका लागि बढी चलखेल गर्छन्् । खासगरी ग्यास कम्पनीहरू नयाँ सिलिन्डर बेच्न पुराना डिपोलाई ग्यास उपलब्ध नगराई नयाँ डिपो खोल्छन्् ।

उनीहरू सरकारले अभावका बेला मूल्यवृद्धि गराउने अनुमान गरी नाफाका लागि पेट्रोलियम भण्डारणसमेत गर्छन््, जसले बजारमा अभाव पैदा गर्छ । त्यसैगरी, सिलिन्डर साट्दा प्रतिसिलिन्डर २ देखि ३ सय रुपैयाँसम्म कमिसन पाइने लोभमा डिपोवालाहरू ग्यास छैन भन्दै सिलिन्डर साट्नेतिर लाग्छन् ।

ग्यास बिक्रेता महासंघले केही दिनअघि विज्ञप्ति जारी गर्दै मनोज, लियो, नारायणी, ओम, भानु, श्रीकृष्णलगायत उद्योगले मूल्य बढ्ने अनुमानका आधारमा ग्यास लुकाएको जनाएको थियो । 'एकाध ग्यास उद्योग र ग्यास डिपोले नाफाका लागि लुकाएको र सिलिन्डर साटेको सत्य हो,' महासंघ पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले भने । महासंघका पदाधिकारीहरू एकाध डिपोले अहिले एक सिलिन्डर ग्यासको १ हजार ८ सय रुपैयाँसम्म असुलिरहेको स्वीकार्छन्् ।

कात्तिकमा साढे १५ हजार टन र मंसिरमा १४ हजार ७ सय ३५ टन आयात गर्दा पनि अभाव नभएको ग्यास पुसमा १२ हजार ८ सय १९ टन आयात हुँदा चरम अभाव भएको छ । यही पृष्ठभूमिमा महासंघले ग्यास नदिएको भन्दै बुधबार एलपी ग्यास उद्योग संघको कार्यालय तालाबन्दी गर्ने घोषणासमेत गरेको छ ।

यहीबेला ग्यास कम्पनीले नयाँ सिलिन्डर बेची नाफा कमाउन १ हजार ६ सय रुपैयाँमा बिक्री वितरण गर्दै आएको सिलिन्डरको मूल्य बढाएर २ हजार २ सय रुपैयाँ पुर्‍याएका छन् । निगमका अधिकारीहरू नै अभावका बेला व्यवसायीले पेट्रोलियम पदार्थमा कालाबजारी गरिरहेको स्वीकार्छन् । 'कुन-कुन ग्यास कम्पनी, डिपो र पेट्रोल पम्पले नाफाका लागि कालाबजारी गरिरहेका छन् भन्ने मोटामोटी जानकारी निगमलाई छ,' निगम स्रोतको भनाइ छ, 'तर कारबाही गर्ने अधिकार नभएकाले मौन बस्न बाध्य छौं ।'

'वितरण व्यवस्थापन गर्न नसक्दा पनि इन्धन समस्या बढेको हो,' निगमका एक डिपो प्रमुखले भने, 'चरम अभाव हुने आयात घटेको भने होइन ।' निगम व्यवस्थापनले नाफाघाटाको हिसाबकिताब गर्न र ऋणका लागि मन्त्रालय धाउन मात्र ध्यान दिएकाले आपूर्ति प्रणाली 'भद्रगोल' हुन पुगेको हो ।

'निगमले आपूर्ति सहज बनाउने योजनै ल्याएन,' उनले भने, 'खालि नाफाघाटाको हिसाब गरेर र ऋणका लागि मन्त्रालय धाएर अलमलिरहेछ ।'

निगमका कायममुकायम कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल हालसम्म डिपो प्रमुख भएका छैनन् । आपूर्ति सुचारु गर्न डिपोको ठूलो हात हुन्छ । जस्तो, डिपोले शनिबार र आइतबार सार्वजनिक बिदा भन्दै पेट्रोलियम वितरण गरेन । त्यसले निगमको भण्डारमा करिब २० करोड रुपैयाँको झन्डै २ हजार ५ सय किलोलिटर पेट्रोलियम बढायो ।

समाचार

काठमाडौ, माघ ३ -
 विद्युतीय हिटर किनेको महिना दिन नबित्दै बालाजुका विष्णु राईले ग्यास हिटर ल्याउनुपर्‍यो । कारण थियो, लोडसेडिङ । तर बजारमा ग्याससमेत नपाएपछि उनलाई नयाँ हिटर घाँडो भएको छ । वैदेशिक रोजगारबाट डेढ महिनाअघि नेपाल फर्केका उनी बिजुली, ग्यास र पेट्रोल अभावको सास्तीले इन्तु न चिन्तु छन् । 'घन्टौं लाइन बसेर हालेको तेल सकिएर मोटरसाइकल रिजर्भमा चलाउन थालेकै दुई दिन भइसक्यो,' उनले दुखेसो पोखे, 'विदेशै फर्किउँजस्तो झ्वाँक चल्न थालेको छ ।'

उनी त झ्वाँक चले विदेश हानिएलान्, तर आम नेपाली कहाँ जाने ? कैयौंको चुलो ठप्प हुन थालेको छ । न बिजुली छ, न त इन्धन ! महिना दिनयताको इन्धन र ग्यासको चरम अभावले सर्वसाधारणको धैर्य टुट्न मात्र बाँकी छ ।

वैशाखयता पटक-पटक यो पीडा खेप्न बाध्य सर्वसाधारणमाथि सोमबारबाट दैनिक १४ घन्टे लोडसेडिङको मारसमेत थपियो । सात महिनायताको यो समस्या पटक-पटक त्यसै दोहोरिएको होइन । आयल निगम व्यवस्थापन, निगम सञ्चालक समिति, राजनीतिक नेतृत्व र व्यवसायीको सिन्डिकेट यसको मुख्य जड हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट अढाई अर्ब रुपैयाँ ऋण लिएर भारतीय आयल निगमको सम्पूर्ण बक्यौता तिरिसक्दा पनि भनेजति पेट्रोलियम पदार्थ ल्याउन सकेको छैन । 'अढाई अर्ब पाएर पनि भनेजति पेट्रोलियम पदार्थ ल्याउन सकेनन्,' निगमकै एक उच्च अधिकारीले भने, 'पैसा तिरेर पनि इन्धन आपूर्ति गर्न नसक्ने योभन्दा निकम्मा व्यवस्थापन आजसम्म देखेकै छैन ।' 

सर्वसाधारणले प्रतिलिटर डिजेलमा ३२ रुपैयाँ, पेट्रोलमा १३ रुपैयाँ र प्रतिसिलिन्डर ग्यासमा २१९ रुपैयाँभन्दा बढी राजस्व तिरिरहेका छन् । त्यति हुँदाहुँदै पेट्रोलियमजस्तो अत्यावश्यकीय पदार्थका लागि उनीहरू काम छाडेर लाइन बसिरहेका छन् । भारतीय आयल निगम -आईओसी) बाट पेट्रोलियम पदार्थ आयात नभएरै यो समस्या देखिएको होइन । पुस महिनामा निगमले करिब ६० हजार किलोलिटर डिजेल चाहिने अनुमान गरेको थियो र करिब ५४ हजार ५ सय किलोलिटर डिजेल आयात भएको थियो ।

संकटका बेला व्यवसायीले नाफाका लागि बढी चलखेल गर्छन्् । खासगरी ग्यास कम्पनीहरू नयाँ सिलिन्डर बेच्न पुराना डिपोलाई ग्यास उपलब्ध नगराई नयाँ डिपो खोल्छन्् ।

उनीहरू सरकारले अभावका बेला मूल्यवृद्धि गराउने अनुमान गरी नाफाका लागि पेट्रोलियम भण्डारणसमेत गर्छन््, जसले बजारमा अभाव पैदा गर्छ । त्यसैगरी, सिलिन्डर साट्दा प्रतिसिलिन्डर २ देखि ३ सय रुपैयाँसम्म कमिसन पाइने लोभमा डिपोवालाहरू ग्यास छैन भन्दै सिलिन्डर साट्नेतिर लाग्छन् ।

ग्यास बिक्रेता महासंघले केही दिनअघि विज्ञप्ति जारी गर्दै मनोज, लियो, नारायणी, ओम, भानु, श्रीकृष्णलगायत उद्योगले मूल्य बढ्ने अनुमानका आधारमा ग्यास लुकाएको जनाएको थियो । 'एकाध ग्यास उद्योग र ग्यास डिपोले नाफाका लागि लुकाएको र सिलिन्डर साटेको सत्य हो,' महासंघ पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले भने । महासंघका पदाधिकारीहरू एकाध डिपोले अहिले एक सिलिन्डर ग्यासको १ हजार ८ सय रुपैयाँसम्म असुलिरहेको स्वीकार्छन्् ।

कात्तिकमा साढे १५ हजार टन र मंसिरमा १४ हजार ७ सय ३५ टन आयात गर्दा पनि अभाव नभएको ग्यास पुसमा १२ हजार ८ सय १९ टन आयात हुँदा चरम अभाव भएको छ । यही पृष्ठभूमिमा महासंघले ग्यास नदिएको भन्दै बुधबार एलपी ग्यास उद्योग संघको कार्यालय तालाबन्दी गर्ने घोषणासमेत गरेको छ ।

यहीबेला ग्यास कम्पनीले नयाँ सिलिन्डर बेची नाफा कमाउन १ हजार ६ सय रुपैयाँमा बिक्री वितरण गर्दै आएको सिलिन्डरको मूल्य बढाएर २ हजार २ सय रुपैयाँ पुर्‍याएका छन् । निगमका अधिकारीहरू नै अभावका बेला व्यवसायीले पेट्रोलियम पदार्थमा कालाबजारी गरिरहेको स्वीकार्छन् । 'कुन-कुन ग्यास कम्पनी, डिपो र पेट्रोल पम्पले नाफाका लागि कालाबजारी गरिरहेका छन् भन्ने मोटामोटी जानकारी निगमलाई छ,' निगम स्रोतको भनाइ छ, 'तर कारबाही गर्ने अधिकार नभएकाले मौन बस्न बाध्य छौं ।'

'वितरण व्यवस्थापन गर्न नसक्दा पनि इन्धन समस्या बढेको हो,' निगमका एक डिपो प्रमुखले भने, 'चरम अभाव हुने आयात घटेको भने होइन ।' निगम व्यवस्थापनले नाफाघाटाको हिसाबकिताब गर्न र ऋणका लागि मन्त्रालय धाउन मात्र ध्यान दिएकाले आपूर्ति प्रणाली 'भद्रगोल' हुन पुगेको हो ।

'निगमले आपूर्ति सहज बनाउने योजनै ल्याएन,' उनले भने, 'खालि नाफाघाटाको हिसाब गरेर र ऋणका लागि मन्त्रालय धाएर अलमलिरहेछ ।'

निगमका कायममुकायम कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल हालसम्म डिपो प्रमुख भएका छैनन् । आपूर्ति सुचारु गर्न डिपोको ठूलो हात हुन्छ । जस्तो, डिपोले शनिबार र आइतबार सार्वजनिक बिदा भन्दै पेट्रोलियम वितरण गरेन । त्यसले निगमको भण्डारमा करिब २० करोड रुपैयाँको झन्डै २ हजार ५ सय किलोलिटर पेट्रोलियम बढायो ।

त्यसका कारण सोमबार राजधानीका पेट्रोल पम्पमा लामा लाइन देखिए । 'एक दिन वितरण नगर्दा निगमले सर्वसाधारणमा फेरि पेट्रोलियम अभाव भएछ भन्ने नकारात्मक सन्देशमात्र दिएन, सर्वसाधारणले दुःख समेत पाए,' निगमका ती अधिकारीको भनाइ छ, 'पेट्रोलियम महँगिँदा भण्डारण बढाए आर्थिक भार बेहोर्नुपर्छ भन्ने विश्लेषणसमेत निगमले गर्न सकेन ।'

चुस्त व्यवस्थापन अभाव र राजनीतिक हस्तक्षेपका कारण दशकयता थुपि्रँदै गएर निगमको ऋण २१ अर्ब रुपैयाँ पुगेको छ । त्यसको मासिक १३ करोड रुपैयाँ ब्याज निगमले प्रतिलिटर पेट्रोलियम पदार्थमा १ रुपैयाँ ३० पैसाका दरले सर्वसाधारणबाट असुलेर तिर्छ । सञ्चित घाटा १९ अर्ब रुपैयाँ भएको निगमको अहिले मासिक घाटा १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँभन्दा बढी छ । 'हामी ऋण पनि खोज्छौं, त्यसको ब्याज पनि जनतासँग असुल्छौं, पेट्रोलियम आयात पनि गर्छौं र जनतालाई घन्टांै पम्पमा पनि उभ्याउँछौं,' निगमका अर्का अधिकारीले प्रश्न गरे, 'योभन्दा ठूलो बेबकुफी के हुन सक्छ ? तर निगम व्यवस्थापन र सरकार समस्याबारे सोच्दैनन् ।'

निगम व्यवस्थापनले भने अत्यधिक माग बढेकाले पेट्रोलियम जति ल्याए पनि नपुगेको जनाएको छ । 'अरू बेलाभन्दा बढी डिजेल दिएका छौं,' निगमका कायममुकाय कार्यकारी निर्देशक अग्रवालले भने, 'तर लोडसेडिङका कारण डिजेलबाट मात्र ४ देखि ५ सय मेगावाट विद्युत् उत्पादन भइरहेछ । त्यसकारण नपुगेको हो ।'

तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले निगम सञ्चालक समितिका अध्यक्षसमेत रहने वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझालाई मूल्य बढाउन लिखित रूपमै अधिकार प्रत्यायोजन गरेका थिए । तर उनले त्यो अधिकार प्रयोग गर्न सकेका छैनन् ।

त्यस्तै, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्री हुनासाथ निगममा व्यापक सरुवाबढुवा गरे । उनले 'पब्लिक कन्जम्सन' का लागि मन्त्री हुनासाथ गाडी नलिने सार्वजनिक घोषणा गरे । तर पीएलाई भने आयल निगमकै गाडी चढाए । 'तर त्यो सस्तो लोकपि्रयताका लागि गरिएको रहेछ, उनको ध्यान आफू निकटलाई डिपोमा सरुवा गर्नु, पीएलाई निगमको गाडी चढाउनु र निगममा भएका चरम राजनीतिक हस्तक्षेपलाई निरन्तरता दिनुमा केन्दि्रत रहेछ,' निगमका अर्का अधिकारीले भने । 



यस्ता थिए आश्वासन

अर्थमन्त्री वर्षमान पुनले भदौ २३ गते सरकारको ँतत्काल राहत कार्यक्रम, २०६८’ घोषणा गर्दै यसो भनेका थिए-

    आपूर्ति व्यवस्था सुनिश्चित गर्न अत्यावश्यक उपभोग्य वस्तुको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा १/१ वटा एकीकृत सुपथ मूल्यका पसल तत्काल खोलिने छन् । यसका लागि आवश्यकताअनुसार सहकारी संस्थालाई परिचालन गरिने ।

    असोज ६ गतेदेखि उपत्यकाका सहरी तथा ग्रामीण भेगमा अत्यावश्यक वस्तुको कम्तीमा ५ वटा घुम्ती पसल सेवा सञ्चालन गर्ने ।

    कार्टेलिङ, सिन्डिकेट गर्ने तथा कृत्रिम अभाव एवं कृत्रिम मूल्यवृद्धि गर्ने, मिसावट गर्ने, अखाद्य पदार्थ बिक्री गर्ने, नापतौल ठगी गर्ने, म्याद गुज्रेका वस्तु बिक्री गर्नेलाई तत्काल कारबाही गर्न सुरक्षाकर्मी सहितको अनुगमन टोलीबाट बजार अनुगमनलाई सघनतासाथ सञ्चालन गर्ने । दोषी उत्पादक, बिक्रेता, र्फम, पसलविरुद्ध कडा कानुनी कारबाही गरिने । त्यसका लागि उपभोक्ता समूह तथा स्वयंसेवकलाई समेत परिचालन गरिने ।

    प्रत्येक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रगति प्रतिवेदन तयार गरी प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने । त्यसकै आधारमा प्रधानमन्त्रीस्तरबाट नियमित समीक्षा गरिने ।

प्रकाशित मिति: २०६८ माघ ४ ०९:२५

बैद्य निवासमा विप्लवलाई फकाउँदै प्रचण्ड

माघ, काठमाण्डौ । तत्काल पार्टी नफुटाई सँगै बस्ने अनि शान्ति र संबिधानका पक्षमा केही समय जोड लगाउने बिषयमा वैद्य सहमत भएपनि सो पक्षका नेता नेत्रबिक्रम चन्द बिप्लव सहमत नभएपछि उनलाई फकाउने धाउन्नमा लागेका छन माओवादी अध्यक्ष प्रचण्ड ।
यसका लागि मंगलवार साँझ वैद्य निवास गोंगबुमा अध्यक्ष प्रचण्ड र सचिव पोष्टबहादुर बोगटी पुगेका थिए । जहाँ वैद्य र विप्लवलाई सँगै राखेर प्रचण्डले वस्तुतस्थीति बुझ्न र केही समय संबिधानका लागि जोड लगाउन बिप्लवलाई आग्रह गरेको स्रोतको भनाई छ । साँझ ६ बजेदेखि करिव ४ घण्टा भएको छलफलमा विप्लवले पार्टीका एजेण्डा समेटिनेगरि संबिधान बन्ने ग्यारेन्टी हुनुपर्ने सर्त राखेको स्रोतको दावी छ ।
यसअघि बिप्लवलाई एक्लै भेटेर समेत प्रचण्डले पार्टीभित्रको समस्या समाधानका लागि आफु र बिप्लवले मात्र सक्ने भन्दै आफुलाई सहयोग गर्न आग्रह गरेका थिए ।

जनसत्ता" को धङधङी

 द्वन्द्वकालमा माओवादीद्वारा गठित 'जनसरकार' ले रुकुममा मात्र ४ हजार संख्यामा घरजग्गा पास गरेको पाइएको छ । 

घरजग्गालाई राजनीतिक दलहरूबीच सहमति गराई विवाद समाधान गर्न दलीय संयन्त्रले कार्यदल बनाए पनि समस्या समाधान हुन सकेको छैन । 

एक वर्षअघि जिविसका कार्यक्रम अधिकृत चिन्तामणि दाहालको संयोजकत्वमा गठित सर्वदलीय कार्यदलले जिल्लाभरि 'जनसत्ता' ले पारित गरेका जग्गाको लागत संकलन गरी भूमिसुधार मन्त्रालयमा पठाएको थियो । कार्यदलमा माओवादीका २ सहित ७ जना थिए । संयोजक दाहालका अनुसार माओवादी 'जनसत्ता' मा करिब ४ हजार संख्यामा घरजग्गा पास भएको पाइएको छ । कार्यदलले माओवादी जिल्ला सहइन्चार्ज मेघबहादुर श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

दाहालले गाविस सचिवहरूमार्फत माओवादीले दिएको लालपुर्जासहित विवरण संकलन गरी कार्यदलमा बुझाएका थिए । संकलित विवरण जिल्लास्थित माओवादी नेताहरू मार्फत गत महिना प्रधानमन्त्री भट्टराईलाई पठाइएको थियो । कार्यदलका लागि जिविसले ५५ हजार बैठक भत्ता छुट्टयाएको थियो ।

कार्यदलले पास गरेको तथ्यांकलाई अघिल्लो वर्षको चैतमा सम्पन्न जिल्ला परिषद्ले समेत समस्या हल गर्ने गरी निर्णय गरेको माओवादीका जिल्ला सचिवालय सदस्य धनवीर ओलीले बताए । भूमिसुधार मन्त्रालयले समस्या समाधानका लागि कानुनी आधार नभएको जनाउँदै जिल्लामै हल गर्न अघिल्लो वर्ष जिविसलाई पत्राचार गरेको थियो । कतिपय मोहीले भने 'जनसत्ता' को पास लत्याउँदै आफूखुसी अर्कैलाई पास गराएको बुझिएको ओलीले बताए ।

कार्यदलका कांग्रेस प्रतिनिधि भीमबहादुर खड्काले लागतमात्र संकलन गरिएको बताए । 'कार्यदलले रेकर्डको काममात्र पूरा गर्‍यो,' कांग्रेस जिल्ला सहसचिव खड्काले भने, 'तर कानुनी हिसाबले सरकारको तर्फबाट पास गर्ने काम हुन सकेन ।' उनले करिब ३५ प्रतिशतले भने माओवादी जनसत्ताले दिएको लालपुर्जा पेस नगरेर आपसी सहमतिमा मालपोत कार्यालयबाट पास गरेको जनाए ।

अर्का सदस्य एमालेका सहसचिव हरिप्रसाद शर्माले कार्यदलले दुई/तीन महिना मात्र काम गरेको र तथ्यांक संकलनबाहेक अरू काम हुन नसकेको जानकारी दिए  । स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जिल्लामा यसबारे कुनै निर्णय हुन नसकेको बताए ।

अपहरणकर्ता गुप्ताद्वारा ँमध्यस्थकर्ता’ को नाटक पनि


पूर्वमन्त्री तथा सभासद श्यामसुन्दर गुप्ताले व्यवसायी पवन संघईको अपहरणमा संलग्न भए पनि पीडित परिवारलाई चाहिँ अपहरितलाई मुक्त गराइदिने मध्यस्थकर्ताको नाटक गरेर फिरौती हात पारेको खुलेको छ । 

'अपहरणमा उनको प्रत्यक्ष संलग्नता थियो,' महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले भने, 'अर्कातिर पीडित परिवारसँग मध्यस्थकर्ता जस्तो भूमिका खेलेका थिए ।' गत पुस ७ गते कमलादी गणेशस्थान अपहरणमा परेका संघई फिरौती बुझाएर २७ गते मुक्त भएका थिए । प्रहरीले गुप्ताको योजनामा अपहरणमा संलग्न गुप्तासहित ५ जनालाई पक्राउ गरेपछि उनको यस्तो बहुरंगी भूमिका खुलेको हो । पक्राउ परेका चारै जनाले ६५ वषर्ीय सभासद गुप्ताको योजनामा अपहरण तथा फिरौती असुलीलाई कार्यान्वयन गरेको बयान दिएका छन् । पत्रकार सम्मेलनमा तिनीहरूले गुप्ताकै अघि यस्तो बताएका थिए ।

अपहरणमा गुप्ता मुख्य योजनाकार रहेको एसएसपी सुवेदीले बताए । 'लामो अनुसन्धान र थुप्रै प्रमाणबाट गुप्ताको संलग्नता पुष्टि भयो,' उनले थपे । अपहरणमा संलग्न आकाश लामा र विकास लामा भनिने जितबहादुर गोले आइतबार हेटौंडामा समातिएपछि उनलाई पक्राउ गरिएको हो । यसपछि बालाजुका किशोर पाण्डे र उनका चालक अमिर आचार्य पक्राउ परेका छन् ।

अपहरणमा संलग्न अरू फरार छन् । पक्राउ परेका लामाद्वयलाई गुप्ताले लेनदेनमा फसेको १ करोड रुपैयाँ उठाउनुपर्ने भन्दै अपहरणमा प्रयोग गरेका थिए । चालक आचार्यसँग चिनजानका आधारमा गुप्तालाई भेटेको तिनले बताएका छन् । 'फोन गरेर भेट्न बोलाइएको थियो,' आकाशले भने, 'डुबेको पैसा उठाउने भए ४/४ लाख दिने भनेपछि लोभमा परियो ।'

प्रहरीका अनुसार अपहरणको योजना गुप्ताको कुसुन्तीस्थित निवासमा बनाइएको थियो । पुस ७ गते बिहान गुप्ताले किशोर पाण्डेलाई गाडीमा राखेर संघईलाई चिनाउने कामका लागि कमलादी गणेशस्थान छाडेका थिए । संघई मन्दिरतिर आएपछि माइक्रोबसमा आएका ४ जनाले जबर्जस्ती गाडीमा हालेर कुपण्डोल पुर्‍याएका थिए । 'सुरुमा भद्रकाली मन्दिरको छेउमा गाडीभित्रै बसेर सूचना लिइरहेका गुप्ता कुपण्डोलसम्म माइक्रोबसको पछिपछि गएका थिए,' सुवेदीले भने । कुपण्डोलमा गाडी परिवर्तन गरी रातो टाटा सुमोमा राखेर आकाश र विकाससहितको टोलीले संघईलाई धुलिखेल हुँदै सस्र्युंखर्क पुर्‍याएको प्रहरीको दाबी छ । बाटामा कतै जाँच हुन सक्ने अनुमान गरी मन्त्री गुप्ता धुलिखेलसम्म पुगेका थिए । उनले अन्य सहयोगी श्याम गिरी र अमर लामालाई प्रयोग गरेर वीरगन्ज र रक्सौलबाट 'मधेसी रेड आर्मी' र 'डिफेन्स आर्मी' का नाममा फोन गर्न लगाई फिरौती मागेको प्रहरीले जनाएको छ । सुरुमा २५ करोडबाट फिरौती माग गरे पनि पीडित परिवारले दिन नसक्ने भएपछि संघईलाई बन्धक बनाउनुपर्ने दिन लम्बिएको थियो । लामो समय बितेपछि संघईलाई बन्धक बनाएर बसेका विकास र आकाशले गाउँमा शंका हुन थालेकाले धेरै दिन राख्न नसक्ने बताएपछि अपहरणकारी थोरै फिरौतीमा छाड्न तयार भएका थिए ।

यसपछि संघईलाई अपहरणमुक्त गराउन सक्छु भन्दै परिवारको सम्पर्कमा पुगेका थिए । उनले आप+mै डिल्लीबजारबाट ८५ लाख रुपैयाँ कालो र रातो प्लास्टिकको झोलामा हालेर अपहरणकारीलाई दिन भनी ल्याएको उनका चालक अमिर आचार्यले बताएका छन् । त्यसै रात संघई मुक्त भएका थिए । गुप्ताले अपहरणमा सहयोगी भूमिका निर्वाह गर्ने ७ जनालाई घरमा बोलाएर ४/४ लाख रुपैयाँ दिएको बताएका छन् । बाँकी रहेको २० लाख  छोराको बिहेपछि दिने बताएका थिए । उनी बाँकी रकम लिएर छोराको बिहेका लागि भैरहवा पुगेका थिए । त्यहींबाट प्रहरीले उनलाई सोमबार पक्राउ गरेर ल्याएको थियो ।



अनुसन्धान कसरी ?

मन्दिर गएका संघई अपहरणमा परेको खबरपछि प्रहरीले परिवारसँग सम्पर्क गर्न खोजेको थियो । परिवारले अपहरणमा परेको बताए पनि विस्तृत विवरण केही खुुलाएनन् । अपहरणकारीले परिवारका मान्छेलाई फोन गरेर २५ करोड फिरौती माग गरे । प्रहरीले परिवारलाई फोन आएको नम्बरको डिटेल निकाल्यो । फोन भारतको रक्सौलबाट आएको थियो ।

घरी गोरखा त घरी वीरगन्जबाट फोन आउन थाल्यो । अपहरणको निकै दिन बितेपछि अपहरणकारीले फोन सम्पर्क बन्द गरिदिए । त्यही बेला पूर्वमन्त्री गुप्ताले संघई परिवारका सदस्यलाई आफूले अपहरणकारीका तर्फबाट मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सूचना प्रवाह गरे । प्रहरीलाई खबर नगर्नसमेत सूचना प्रवाह गर्ने व्यक्तिले भनेको थियो । वीरगन्ज रामप्रसाद रौनियारसँग संघई परिवारको लेनदेन विवाद हुँदा रौनियारका तर्फबाट विवाद मिलाउन तम्सिएका गुप्ता अचानक सघईलाई अपहरणमुक्त गराउन सक्रिय भएपछि प्रहरी सशंकित भयो । गुप्तासँगको नियमित टेलिफोन सम्पर्कमा रहेका व्यक्तिहरूलाई ल्याएर सोधपुछ गर्दा प्रहरीले अपहरणमै संलग्न व्यक्ति फेला पारेको थियो । एक सातादेखि गुप्तासँग नियमित सम्पर्कमा रहेको एउटा मोबाइल नम्बरलाई निगरानीमा राखेको थियो । त्यही नम्बरबाट अपहरणकारीसम्म पुगेको हो ।

-अपराध महाशाखाका एक अधिकारीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: २०६८ माघ ४ ०९:४०

के पढ्दै छन् अभिनेत्रीहरू ?

काठमाडौ, माघ ३ -
फुर्सदको सदुपयोग गर्ने या रिपस हुने -थकाइ मेटाउने) अनेक उपाय छन् । कोही फिल्म हेर्छन्, कोही इन्टरनेटमा रम्छन् त कोही किताबमा हराउँछन् । हालैको दिन एउटा कार्यक्रममा भेटिएकी रेखा थापाको रुचि भने किताबमा रहेछ । 'प्रायः दिनभर सुटिङ भइरहेको हुन्छ,' उनले भनिन्, 'बेलुकी थकान मेटाउने बहानामा किताबतिर ध्यान दिन थालेकी छु ।'

कुनै बेला उनको एक मात्र टार्गेट फिल्ममा स्थापित हुनु थियो । मोफसलको एउटा सौन्दर्य प्रतियोगिता हुँदै राजधानी पसेर फिल्ममा जमेकी उनी अहिले किताबचाहिँ किन पढ्छिन् त ? 'जीवन बुझ्न,' उनले भनिन्, 'रिप|mेस पनि हुने, ज्ञान पनि पाइने ।' प्रायः विचारप्रधान पुस्तक पढ्न मन पराउने उनले अध्ययनले आत्मविश्वास बढाउन सहयोग पुर्‍याउने अनुभव सुनाइन् । 'रावण' र 'लंका' दुई फिल्मको सुटिङमा व्यस्त अभिनेत्रीले सुटिङपछि बेलुकाको समय कम्तीमा पनि दुईतीन घन्टा किताब पढेर बिताउने दाबी पनि गरिन् ।

यति बेला चाहिँ उनले विनोद मञ्जनको 'विचारका स्वरहरू' पढ्दै गरेको सुनाइन् । पढ्ने उनको आफ्नै शैली रहेछ । खाना खाएपछि मात्रै उनी किताब पढ्न बस्छिन् । 'धेरै घोत्लेर पढ्ने बानी छैन' र उनी 'जिस्ट मात्र बुझ्ने कोसिस' गर्छिन् । आधा किताब पढिसकेको उल्लेख गर्दै उनले विनोदको निबन्ध कृतिले जीवनको मूल्य, समाजको अर्थ र मानवीय प्रकृतिलाई नजिकबाट नियाल्ने अवसर दिलाएको बताइन् ।

कुनै बेला 'संघर्ष नै जीवन' भन्दै दाबी गर्ने रेखाले किताबी अध्ययन बढ्दै गएपछि भने आफ्नो यो परिभाषा पनि परिवर्तन भएको सुनाइन् । 'जीवन त प्रश्नैप्रश्नको सञ्जाल पोे रहेछ,' उनले सुनाइन्, 'हरेक पाइलामा उठेका प्रश्नको जवाफ दिँदादिँदै मानिसले समय काटिरहेको हुँदो रहेछ ।' व्यक्तिगत जीवनबाट माथि उठेर समाज हेर्ने दृष्टिकोणको सूक्ष्म विश्लेषण समेत गरेकाले विनोदको पुस्तकले मन छोएको उनले दाबी गरिन् । 'मुनामदन' ले सबैभन्दा बढी मन जितेको बताउने उनको रुचि स्वास्थ्य, योग र सौन्दर्य सम्बन्धीका पुस्तकतिर पनि छ । 'जाडोले गर्दा होला, अचेल अलिक अल्छी भएकी छु,' उनले भनिन्, 'तर कम्तीमा दिनको दुई घन्टाचाहिँ पढेकै हुन्छु ।'

फिल्म 'आई एम सरी' को प्रमोसनमा लागिपरेकी अर्की केेकी अधिकारीको पढ्ने शैली पनि फरक लाग्छ । उनी सुटिङका बेला सेट  व्यवस्थापनको ग्यापमा किताब हेरिरहेकी हुन्छिन् ।

अचेल पाउलो कोइलोको उपन्यास 'इलेभेन मिनेट्स' पढ्दै गरेकी उनले भनिन्, 'खाली बसेर या गफ चुटेर समय बिताउनुभन्दा पढ्नु निकै बेस ।'

बढ्दो लोडसेडिङले पनि उनलाई अध्ययनमा थप प्रेरित गरेको छ । बत्ती नभएको बेला फेसबुक, इमेल, टि्वटर चलाउने कुरै भएन । मोबाइल पनि कहिले त चार्ज कम हुँदा स्विच अफ । 'अनि पढ्नुभन्दा अर्को विकल्प के हुन सक्छ र ?' उनले सोधिन् । उपन्यासको अन्तिम भागतिर पुग्न लागेकी केकीले पाउलोको उपन्यासबाट 'एउटी साधारण केटी रोजगारको आशामा कसरी यौनकर्मी बन्न पुग्छे भन्ने यथार्थ बुझ्ने मौका पाएको' बताइन् । 'यो पुस्तक पढेपछि यौनकर्मी युवतीप्रति सकारात्मक भाव पलायो,' उनले भनिन्, 'उनीहरूको बाध्यताका अनेक पक्ष बुझ्ने मौका पाएँ ।' उनको अबको रोजाइमा चाहिँ पाउलोकै 'द बिच अफ पोर्टोबेलो' छ ।  दुई दिनदेखि 'थ्री लभर्स' को सुटिङबाट फुर्सद पाएकी पि्रयंका कार्की पनि किताबलाई नै फुर्सदको साथी बनाइरहेकी छन् । उनले  अहिले निकोलस स्पाक्र्सको उपन्यास 'द बेस्ट अफ मी' पढ्दै छिन् । एक्सन फिल्म हेर्न रुचाउने यी अभिनेत्रीले पुस्तक भने रोमाञ्चक र भावनात्मक विषयवस्तु समेटेको पढ्न मन पराउने बताइन् । 'म अलिक भावुक टाइपकी छु,' उनले भनिन्, 'किताब रोजाइ पनि त्यस्तै छ ।'

किताब मोहकै कुरा गर्दा उनले इरिच सेगलको उपन्यास 'लभ स्टोरी' एकै रातमा पढिसकेको दाबी गरिन् । 'रोमान्टिक उपन्यास खुब मन पर्छ,' उनले भनिन्, 'अहिलेसम्म प्रेम प्रसंग पढ्दै छु, ट्रयाजिक पाटोसम्म पुग्न अझै एक साताजति लाग्ला ।' फिल्म हेर्दाभन्दा पुस्तक पढ्दा कथावस्तु र पात्रबारे सूक्ष्म अध्ययन गर्न पाउने भएकाले अचेल किताबतिर ध्यान दिन थालेको उनले बताइन् ।

प्रकाशित मिति: २०६८ माघ ४ ०९:४९